नेपाली निर्देशक अनिलको Copyright Claim पछि YouTube ले हटायो ‘कृति’
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली लघु चलचित्र ‘BOB’ निर्देशक अनिल न्यौपानेले Copyright Claim गरेपछि बलीउड निर्देशक फराह खानका पति शिरिस कुन्दरले बनाएको लघु चलचित्र ‘कृति’ YouTube बाट हटेको छ ।
मुम्बईमा भव्य प्रिमियर गर्दै लघु चलचित्र ‘कृति’ सार्वजनिक भएको थियो । उक्त चलचित्र YouTube मा समेत आईसकेको थियो । उक्त चलचित्र हेरेपछि भारत र नेपालमा व्यापक हंगामा भयो । अनिल न्यौपानेले निर्देशन गरेको नेपाली लघु चलचित्र ‘BOB’ बाट कपि गरिएको ‘कृति’लाई लिएर धेरै टिकाटिप्पणी भए । भारतिय राष्ट्रिय पत्रपत्रिकाले समेत खण्डन गरे ।
कृतिका निर्देशक शिरिश कुन्दर र उनकी पत्नी फराह खानले सबै नेपालीलाई ट्विटरबाट ब्लक गरे । आफ्नो श्रृजना कपि गरेर चर्चामा आउन खोज्नु गलत भएको अनिलले बताए । उनले नेपाली चलचित्र जस्तो सानो उद्योगबाट पनि राम्रा श्रृजना आउन सक्ने र बलीउड जस्ता ठुला उद्योगले कपि गरेर विश्वभर चर्चा कमाउन खोज्नु सरासर गलत रहेको बताए ।
नेपाली चलचित्र BOB मा अनुज पाण्डे, दीपक शाक्य, सुजी शाह लगायतका कलाकारहरुको अभिनय छ भने हिन्दी ‘कृती’मा मनोज वाजपेयी, राधिका आप्टे, नेहा शर्मा लगायतको अभिनय छ ।
हेर्नुहोस् BOB: