बिराजको मायामा निशा पागल (भिडियो)



nisha-and-biraj

ठुलोपर्दा डटकम, काठमाण्डौ।
झण्डै पाँच बर्षपछि नेपाली चलचित्रमा आएका बिराज भट्टको चलचित्र ‘जय पर्शुराम’को गीत रिलीज गरिएको छ । ‘म त हुन्छु’ बोलको गीतमा बिराज भट्ट र निशा अधिकारी देखिएका छन् ।

यो गीतमा दीपक लिम्बु र अञ्जु पन्तको स्वर रहेको छ भने डा. कृष्ण हरि बरालका शब्द तथा महेश खड्काको संगीत छ ।

रोज राणाले पहिलोपटक निर्देशन गरेको यो चलचित्रमा बिराजलाई इमान्दार प्रहरी अधिकृतको भूमिकामा देख्न सकिनेछ । उपमा केसी कार्यकारी निर्माता रहेको यो चलचित्रमा मिलन श्रेष्ठ, कुमार बस्नेत, रुपक राणा र रुपम राणा निर्माता रहेका छन् ।

मौनता श्रेष्ठको लेखन रहेको ‘जय पर्शुराम’मा एनबि महर्जनको एक्शन रहेको छ । महेश खड्काको संगीत छ भने रामेश्वर कार्कीको छायांकन र सुवास देवकोटाको सम्पादन रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu