हाँस्दा-हाँस्दै रुवाउने र रुँदा-रुँदै हँसाउने ‘लालजोडी’को ट्रेलर सार्वजनिक (भिडियो)



laal-jodee-traile-release

ठुलोपर्दा डटकम, काठमाण्डौ।
रंग पत्रकार सुवेदीले निर्देशन गरेको चलचित्र ‘लालजोडी’को ट्रेलर रिलीज भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै नेपालका चर्चित हाँस्यकलाकारहरुको अभिनय रहेको उक्त चलचित्रको ट्रेलर रिलीज गरिएको हो, जुन YouTube मा पनि सार्वजनिक भईसकेको छ ।

कार्यक्रममा यो चलचित्रले हाँस्दा-हाँस्दै रुवाउने र रुँदा-रुँदै हँसाउने बताईयो । यो चलचित्र भदौ १७ गतेबाट देशभर प्रदर्शनमा आउने छ । यो चलचित्रमा ज्योती काफ्ले, रजनी केसी, आयुष्मा कार्की, बुद्दी तामांग लगायत छन् । यी दुइको साथमा चर्चित हाँस्य सिरियल ‘भद्रगोल’का कलाकार पनि यो चलचित्रमा देखिनेछन् ।

एउटा साथी मार्फत निर्देशनमा डेब्यु गरेका सुबेदीकै लेखन, निर्माण र निर्देशनमा बन्ने लालजोडीको गीतमा राजेशपायल राई, मनिषा पोखरेल, रेखा थापा, प्रलाद तिमल्सिना, युवराज चौलागाईंको आवाज रहेको छ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन रहेको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu