शिक्षकहरुको बिषयमा चलचित्र ‘कुम्भकरण’ बन्ने



Nisha-Adhikari-Kumbhakaran

ठुलोपर्दा डटकम, काठमाण्डौ।
प्राथमिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको बिषयमा नेपाली कथानक चलचित्र बन्ने भएको छ । ‘कुम्भकरण’ नाम राखिएको यस चलचित्रलाई रोमान्टिक, सस्पेन्स र कमेडी बिषयमा निर्माण गर्न लागिएको बताईएको छ ।

आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रलाई दिपक वलीले निर्देशन गर्ने भएका छन् । चलचित्रमा रोम वली कार्यकारी निर्माता, क्षितिज बस्नेत र खड्क वुढाथोकी निर्माता हुन् । चलचित्रमा भोलाराज सापकोटा, गौरव पहारी, निशा अधिकारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापा मुख्य भूमिकामा रहनेछन् ।

चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, हरी लामाको छायांकन, विनोद ढकाल, गोविन्द मधुर आचार्य र जयन जेको संगीत, सुरेन बसेलको नृत्य निर्देशन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu