अमेरिका बस्ने तिलकसँग बिनिताको प्रेम, फेसबुकमा फेरियो रिलेशनशिप स्टाटस (भिडियो)
ठुलोपर्दा डटकम, काठमाण्डौ।
अध्ययनको लागि अमेरिका रहेकी नायिका तथा लेखिका बिनिता बरालले फेसबुक मार्फत आफ्नो प्रेमको जानकारी गराएकी छिन् । प्रेमि तिलक पौडेलसँगका केहि तस्वीरहरुसहित बिनिताले फेसबुकमा रिलेशनशिप स्टाटस बदल्दै ‘In a relationship with Tilaq Poudel’ बनाएकी छिन् ।
बिनिताले तिलकले आफ्नो मन जितेको बताएकी छिन् । बिनिता आफ्नो पहिलो पुस्तक ‘जुईनो’ विमोचन गर्न नेपाल आएपछि कुराकानी शुरु भई अमेरिका फर्केपछि प्रेम शूरु भएको बताएकी छिन् । बिनिता र तिलकको कुराकानी ३ महिना पहिले मात्र शुरु भएको थियो ।
तिलक पश्चिम नेपालको स्यांग्जा जिल्लाका हुन् । तिलकले अमेरिकामा पीएचडी गर्दैछन् । बिनिताले अर्को बर्ष बिहे गर्ने योजना रहेको बताईन् । दुईतर्फ नै परिवारसँग कुराकानी पनि भईसकेको उनले बताएकी छिन् ।
तिलक ओहायो सिटीमा बस्दै आएका छन् । बिनिता भने एटलान्टा सिटीमा बस्छिन् ।
भिडियो