फिटनेश र्‍याम्पमा मरिस्का र गजितसँगै कान्छा निर्देशक



marishka-and-gajit-coolage

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘चपली हाइट २’ अभिनेत्री मरिस्का पोखरेल, अभिनेता गजित बिष्ट, विश्वकै कान्छा निर्देशक सौगात बिष्टलगायत आधा दर्जन बढी कलाकर्मीले फिटनेश र्‍याम्प नाप्ने भएका छन् ।

‘जुम्वाण्डु फिटनेश क्लब’ भिमसेन गोलाले आफ्नो प्रथम बार्षिक उत्सवको अवसर पारेर आयोजना गर्न लागेको ‘जुम्बा एण्ड डिजे डान्स पार्टी २०१६’ मा सेलिब्रेटी, सिनियर जुम्बा प्रशिक्षक र युवा युवती एकसाथ फिटनेश र्‍याम्पमा देखिनेछन् ।

मानिसको स्वास्थ्यका लागी जुम्मा फिटनेशको महत्व बुझाउने उदेश्यले नेपालमै पहिलो पटक फिटनेश र्‍याम्प आयोजना गरिएको जुम्बा फिटनेशका प्रबन्धक अर्जुन रखाल मगरले बताएका छन् । आनन्द इभेन्ट भिमसेन गोलामा आगामी असोज ३ गते आयोजना हुने कार्यक्रममा सहभागीलाई फिटनेश ज्ञानका अलवा बिभिन्न मनोरञ्जन दिने उदेश्यले डान्स पार्टी, वेलकम डिक्स, बफेट डिनरलगायतका प्याकेजका कार्यक्रम समेत राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu