बेलायतमा छायांकन हुने ‘ह्याप्पी डेज’ घोषणा, दया र प्रियंकाले स्क्रिन शेयर गर्ने



happy-days-announce

ठुलोपर्दा डटकम, काठमाण्डौ।
पछिल्लो समयमा अभिनेता दयाहाङ् राई र प्रियंका कार्कीलाई जोडेर गसिपहरु छाएका थिए । यहि बीचमा आठौँ पटक यि दुई स्क्रिन शेयर गर्ने भएका छन् ।

निर्देशक मिलन चाम्सले निर्देशन गर्ने ‘ह्याप्पी डेज’ नामक चलचित्रमा दया र प्रियंकाको जोडी बाँधिने छ । दया र प्रियंकाको जोडी रहेको यो आठौँ चलचित्र हुनेछ । यो चलचित्रको सम्पूर्ण छायांकन बेलायतमा हुनेछ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘ह्याप्पी डेज’ घोषणा गरिएको हो । चलचित्रमा पैसा कमाउने उद्देश्यले बेलायत पुगेका युवाहरुको कथालाई प्रस्तुत गर्नेछ । चलचित्रमा सञ्जय गुप्ताको पनि अभिनय हुनेछ ।

निर्देशक मिलन चाम्सले यसअघि अभिनेता राईसँग चलचित्र ‘बीर बिक्रम’ बनाएका थिए जुन चलचित्र सफल चलचित्रको सुचीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu