फेरी पनि पाकिस्तानी एजेन्ट बन्दै कटरीना



kaitrina-kaif-pakistani-agent

बलीउड सुपरस्टार सलमान खान र उनकी पूर्व प्रेमिका कटरीना कैफ २०१२ को एक्शन-रोमाञ्स चलचित्र ‘एक था टाइगर’को सीक्वलको लागो फेरी एक हुँदैछन् । ‘टाइगर जिंदा है’ नामक सीक्वलको निर्देशन अली अब्बास जफरले गर्नेछन्, जबकि ‘एक था टाइगर’को निर्देशन कबीर खानले गरेका थिए । बकर ईदको मौका पारेर यो चलचित्र ट्विटरबाट घोषणा भएोक थियो ।

‘टाइगर जिंदा है’को रिलीज मिति २०१७ को क्रिसमसमा राखिएको छ । यो चलचित्रको फर्स्ट लुक पनि आईसकेको छ, जसमा सलमान खान ‘एक था टाइगर’कै लुक्समा छन् । एक सुत्रका अनुसार यो चलचित्रमा सलमान एक ७० बर्षिय व्यक्तिको भूमिका निभाउँदैछन् । यसमा सलमान खान बूढो टाइगरको भूमिकामा हुनेछन् ।

चलचित्रमा कटरीना पनि पहिले जस्तै पाकिस्तानी एजेन्टवाला भूमिकामा हुने खुलाईएको छ । ‘एक था टाइगर’ कटरीनाको पहिलो चलचित्र थियो जसमा उनले एक्शन भूमिका गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu