कर्णालीको कथा-व्यथामा ‘चाँदीको घेरा’



chadiko-ghera

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नरेश भण्डारीद्वारा लिखित पुस्तक ‘चाँदीको घेरा’लाई नाटकमा ढालिएको छ । सद्भाव: अ ग्लोरी अफ थिएटरले केही दिन देखी नाटकका रुपमा नेपाल पर्यटन बोर्डमा संचालन गरीरहेका छन् ।

कर्णालीमा सुखका फुल फल्दै फलेनन् । बदलामा दुःख वनमारा भएर झाङ्गियो । यस्तै भोगिएको कथा हो ‘चाँदीको घेरा’ । सुन खानीमा नुन खोज्ने कर्णालीको कथा हो ‘चाँदीको घेरा’ । विशेष गरी सुदुरपश्चिमका जनताहरुले भोग्नु परेको भोगाइलाई यस नाटकमा प्रस्तुत गर्न खोजिएको छ ।

चाँदीको घेरा नाटकलाई टिकाभक्त जिरेलले निर्देशन गरेका हुन् भने राम के.ए.सी., शिवप्रसाद अधिकारी, हेमन्त अर्याल, नीतु पोखरेल, ध्रुवसागर थापा, अमृता खनाल, महावीर विश्वकर्मा, जितेन्द्र खड्का (सिमन), रामकृष्ण तिमल्सिना (आर.के.), भीष्म जोशी, शिक्षा के.सी.,आकांक्षा जि.सी.,रिदम श्रेष्ठ (बाल कलाकार) कलाकारहरुले उत्कृष्ट अभिनय गरेको यस नाटकमा देख्न सकिन्छ ।

नेपाल पर्यटन वोर्डले भ्रमण वर्ष ०७३ को प्रबर्धनका लागी पनि यस नाटकलाई प्रदर्शनार्थ सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu