चैतमा रिलीज हुने ‘लालटिन’को टिजर र पोस्टर सार्वजनिक (भिडियो)
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चैत १८ गते रिलीज मिति तोकिएको नेपाली चलचित्र ‘लालटिन’को टिजर तथा पोस्टर सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पहिला प्रचार सामग्रीहरु सार्वजनिक गरिएको हो ।
देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई भानु प्रतापले बनाएका हुन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, भानु प्रताप, राज कटुवाल लगायतको अभिनय छ ।
चलचित्रमा ग्याङस्टारको कथा रहेको टिजरबाट बुझ्न सकिन्छ । ‘लालटिन’मा हरि लामाको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी तथा भानु प्रताप र किरण माइकलको कथा छ ।
टिजर: