३८ बर्षअघि बासुदेबले संगीत भरेको गीत ‘जालो’मा, लिरिकल भर्सन हेर्नुहोस्
ठुलोपर्दा डटकम, काठमाण्डौ।
एकसाथ चार घण्टामा खिचिने दुई चलचित्र ‘जालो’ र ‘जालो रिटर्न्स’ मध्ये ‘जालोमा रहने एक गीतको लिरिकल भर्सन सार्वजनिक गरिएको छ ।
शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बरिष्ठ रेडियोकर्मी तथा संगीतकर्मी बासुदेव मुनालको शब्द-संगीतमा रहेको ‘बाउ बाजेको पालामा’ बोलको गीतको लिरिकल भर्सन सार्वजनिक गरिएको हो। जुन YouTube मा पनि सार्वजनिक छ । मुनालले यो गीतलाई आजभन्दा ३८ बर्षअघि संगीतबद्द गरेका थिए । गीतमा मोहित मुनाल र सुनिता थेगिमको स्वर छ । लिरिकल भर्सन विजय बस्यालले तयार गरेका हुन् ।
बासुदेवका छोरा मोहित मुनाल यि दुवै चलचित्रका निर्माता समेत हुन् । यि चलचित्रलाई अराज केशवले निर्देशन गर्दैछन् । अराजले गिनिज बुक नाम लेखाउने उद्देश्य सहित यि दुई चलचित्र बनाउन लागेको बताएका छन् ।
वन सटमा खिचेर बिश्व रेकर्ड राखिने भएपनि यि चलचित्र कमर्शियल हुनेछन् । चार घण्टामा दुई भिन्न कथाका चलचित्रको छायांकन सकिनेछ । चलचित्रमा गीत तथा द्वन्द्व समेत हुनेछन् ।
सुन्दा निकै अचम्म लाग्ने यो प्रोजेक्ट सफल पार्न आफु पुरै तयार रहेको अराजले बताए । अराजकै लेखन रहेका यि चलचित्रमा मोहित मुनालको लगानी रहनेछ । यि चलचित्रमा अनुपविक्रम शाही, आशिफ शाह, भानु प्रताप, मेनुका प्रधान, प्रकाश श्रेष्ठ, मुक्ताराम आचार्य, भिष्म जोशीको मुख्य भूमिका रहनेछ । हरी लामाको छायांकन रहने चलचित्रलाई बनिश शाहले सम्पादन गर्नेछन् ।
साथै निर्माण टीमले यस गीतमा कभर डान्स प्रतियोगिता पनि घोषणा गरेको छ । कभर डान्स गर्ने उत्कृष्ट प्रथम तथा दोश्रो समूहले चलचित्र ‘जालो’ र ‘जालो रिटर्न्स’मा कोरियोग्राफी साथै गीतमा अभिनय गर्ने मौका पाउनेछन् ।
गीत हेर्नुहोस्: