इञ्जिनियर सुमनले ल्याए ‘धागो चर्खाको’ (भिडियो)



dhago-charkhako-launch

ठुलोपर्दा डटकम, काठमाण्डौ।
पछिल्लो समयमा नेपाली गीत-संगीतमा ठेट नेपाली टुक्काहरु प्रयोगमा आउन थालेका छन् । गत बर्ष रिलीज भएको फिल्म ‘नडा नंबर छ’को ‘सुर्के थैली खै’ तथा यसबर्षको ‘छक्का पञ्जा’को ‘पूर्व पश्चिम रेल’ मन पराईएका गीत हुन्, जसमा ठेट नेपाली टु्क्का समावेश छन् । यि गीतहरु उदाहरण मात्र हुन्, अन्य थुप्रै गीतहरुमा आजकल टुक्का भेटिन्छन् जुनलाई दर्शकले रुचाएका छन् ।

यसै क्रममा इञ्जिनियर समेत रहेका धरानका सुमन श्रेष्ठले ‘धागो चर्खाको’ शिर्षकमा एक गीत सार्वजनिक गरेका छन् । आइतवार काठमाण्डौमा गायक श्रेष्ठको ३१ औँ जन्मदिनको अवसर पारेर गीत सार्वजनिक गरिएको हो । केदार धितालले निर्देशन गरेको गीतको भिडियोमा मोडल किरण लाकौल, पूजना प्रधान, श्रेया कार्की, रचना लामा, करिश्मा, अमृता शाही ठकुरी, नीशा बोहरा लगायतको अभिनय छ ।

सुमन श्रेष्ठ र गायिका अञ्जु पन्तको आवाज रहेको यो गीतमा वेद प्रसादको शब्द, सुर्य किरण लामाको संगीत छ । निशान घिमिरेले सम्पादन गरेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

छोराछोरी आफ्ना राम्रा भएपनि स्वास्नी अर्काको राम्रो हुने भन्दै ठट्यौली शैलीमा गीत तयार पारिएको छ । गीत सार्वजनिक संगीतकार तथा गीतकार दीपक जंगमले गरेका थिए । कार्यक्रममा बोल्दै गायक सुमन श्रेष्ठले इन्जिनियरिङ पेशामा लागेपनि आफ्ना लागि गीतसंगीत प्यासन भएको बताए । सुमनको यो चौथो एल्बम हो ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu