नेपालभाषाका चलचित्रकर्मीलाई एकजुट हुन वोर्ड अध्यक्षको आग्रह
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालभाषाको एचलचित्र “तंकाली” (रिसाहा)को मुहूर्त कार्यक्रममा प्रमुख अतिथी बनेर पुगेका चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईले नेवार चलचित्रकर्मिहरुलाई एकबद्द हुन आग्रह गरेका छन् ।
राईले अहिले दुईवटा औपचारीक मान्यता प्राप्त र केही अनौपचारीक रुपमा रहेका नेवार चलचित्रकर्मिहरुका संगठनहरुलाई एकबद्द भई एउटै संगठनको रुपमा अधि बढ्न सकेमा नेपालभाषाको चलचित्रको विकास द्रुत गतिमा हुने कुरामा जोड दिएका छन् । बज्र क्रियशनले निर्माण गर्न लागेको “तंकाली” चलचित्रमा सुरेश महर्जन र सलोना बज्राचार्य नायक नायिका रहनेछ भने अन्य प्रमुख भुमिकाहरुमा गौतम रत्न तुलाधर, गोपालकाजी कायस्थ, सुरेन्द्र तुलाधर, मञ्जु श्रेष्ठ, रजनी खड्गी लगायतका कलाकारहरुको अभिनय हेर्न पाइनेछ ।
मुहूर्त कार्यक्रममा प्रमुख अतिथी राजकुमार राईले क्ल्याप दिएका थिए भने पत्रकार विजयरत्न तुलाधरले क्यामेराको स्वीच अन गरेका थिए । यस्तै गरी नेपालभाषा संकिपा समाजका अध्यक्ष सुरेन्द्र तुलाधरले मुहूर्त शटको निर्देशन गरेको यस कार्यक्रममा वितरक, प्रदर्शक एवं निर्माता गोपालकाजी कायस्थले शुभ साइतको नरिवल फोडेका थिए ।