शूटिङ् स्पटमा नै दुई नायिकाको झम्टाझम्टी



surabi-and-sabina

ठुलोपर्दा डटकम, काठमाण्डौ।
छायांकन भएको तीन बर्षपछि नेपाली चलचित्र ‘द फेमस’ प्रदर्शन हुने भएको छ । कार्तिक १९ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने निर्देशक समीर बलामीले बताए ।

यतिबेला चलचित्रबाट टाढा रहेकी सुरबी जैन बिष्टले यो चलचित्रमा अभिनय गरेकी छिन् । उनकै कारणले चलचित्र रिलीजमा ढिलाई भएको बताईएको छ ।

सुरबीको कारण कसरी रिलीज ढिला भयो त ?
नायिका सुरबी जैन विष्टको कारणले चलचित्रको कार्य प्रभावित भएको निर्माण पक्षले बताएको छ । नायिका विष्ट र अर्की नायिका सविना कार्की बीच सुटिङ स्पटमा नै झगडा भएपछि नायिका विष्ट बीनासूचना करीब दुई महिना हराएकी थिईन् ।

आधा सुटिङ सकाएर हराएकी सुरबी जैन विष्ट दुई महिना सम्म पनि सम्पर्कमा नआएपछि उनको चुच्चेपाटीस्थित निवासमा परिवारसँग सम्पर्क गर्दा उनी भारत गएकी जानकारी मिलेको थियो ।

पछि उनको नाममा मुद्धा हाल्ने भनी परिवारलाई जानकारी गराईएपछि केही हप्ता पछि निर्माण पक्षसँग सम्पर्कमा आएकी थिईन् । सम्पर्क पछि केही दिन सुटङमा आएतापनि पुरै छायांकन सम्म साथ नदिईएको निर्देशक बलामीले बताए ।

विष्टको कारणले तीन महिना सम्म फिल्मको छायांकन प्रभावित भएको थियो । जसका कारण सबै कार्यतालिका प्रभावित हुन गई चलचित्रको रिलीज अति टाढा धकेलिएको निर्देशकको भनाई छ ।

सुरबी र सविनाको अलवा प्रमोद खड्का, सुमन थापा, सुरेश चौधरी, प्रभात बलामी, रश्मी भट्टको पनि मूख्य भुमिका रहेको छ । बलामी फिल्म ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र निर्माण पनि निर्देशक बलामीकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu