‘सेतो सुर्य’ एशियाकै उत्कृष्ट चलचित्र घोषित



white-sun-singapore

ठुलोपर्दा डटकम।
दीपक रौनियार निर्देशित नेपाली चलचित्र ‘सेतो सुर्य’ एशियाकै उत्कृष्ट बनेको छ । सिंगापुर फिल्म फेस्टिभलमा ५० हजार सिंगापुर डलर सहित यो चलचित्रले सिल्भर स्क्रिन अवार्ड पाएको हो ।

नेपालमा मंसिर २४ गते यो चलचित्र रिलीज हुँदैछ । त्यसको एक दिन अगाडी किम्फ फिल्म फेस्टिभलमा प्रिमियर पनि हुनेछ ।

यो चलचित्रमा दयाहाङ् राई, रबिन्द्र सिंह बानियाँ, सुमि मल्ल लगायतका कलाकारहरुको प्रमूख अभिनय छ । दीपक रौनियार र डेविड बर्करको पटकथामा बनेको यो चलचित्रका निर्माताहरुमा दीपक रौनियार, जोस्लिन बर्नेज्, छिरिङ् रितार शेर्पा र माइकल मेर्क्ट रहेका छन् ।

‘सेतो सुर्य’ले नेपालमा चलेको बाह्र बर्षे द्वन्द्वको कुरा उठान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu