भुवन निखिल देखी श्रृष्टी बर्षासम्म र्याम्पमा, ३७ फोटोमा हेर्नुहोस् ‘डे सेलिब्रेटी रनवे’
ठुलोपर्दा डटकम, काठमाण्डौ।
राजधानीको पाँचतारे होटल अन्नपूर्ण नेपाली चलचित्र क्षेत्रका ४० बढि चर्चित कलाकारहरु रनवेमा उत्रिएका छन् ।
पूनम इन्टरटेन्मेन्ट र नायिका गौरी मल्लको संयुक्त आयोजनामा भएको ‘डे सेलिब्रेटी रनवेमा’ नेपाली फिल्मकी पहिलो नायिका भूवन चन्ददेखि श्रृष्टी श्रेष्ठ, बर्षा राउतसम्म र्याम्पमा उत्रेका थिए । हरेक कलाकार र्याम्पमा आउँदा उनीहरुले अभिनय गरेका चलचित्रको गीत बजाइएको थियो ।
रनवेमा नायिका रेखा थापाले गीत गाएकी थिइन् । कलाकार सन्दिप क्षेत्रीले हाँस्य प्रस्तुती दिए । अभिनेत्री तथा आयोजक गौरी मल्लले आमा बोलको गीत गाईन् । भूवन चन्द, बसुन्धरा भुषाल, चैत्य देवी, सुभद्रा अधिकारी, तुलसी घिमिरे, भूवन केसी, कृष्ण मल्ल, विजय लामा, सरोज खनाल, निखिल उप्रेती, लक्ष्मी गिरी, रुपा राना, दीपाश्री निरौला, सरिता लामिछाने, संचिता लुइँटेल, ऋचा शर्मा, केकी अधिकारी, आशिफ शाह, रीमा विश्वकर्मा, वेनिशा हमाल, सुष्मा कार्की, गौरव पहारि, दिकपाल कार्की, सुशिल श्रेष्ठ, नाजिर हुसेन, आर्यन अधिकारी, पुष्पल खड्का, मलिना जोशी, अनु शाह, अशिष्मा नकर्मी, चाँदनी शर्मा, श्रृष्टी श्रेष्ठ, सुरक्षा पन्त, बर्षा राउत, नम्रता सापकोटा, मरिष्का पोख्रेल, श्रद्धा प्रसाई र साहारा कार्की, नरेन खड्का, आश्मा डीसी, अनुभव रेग्मी, हेयर डिजाइनर निल डेभिड, गायिका रेखा शाह र्याम्पमा उत्रिएका थिए ।
मनोरञ्जनलाई सामाजिक कार्यमा पनि लगाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रमको आयोजना गरिएको आयोजक तथा चलचित्र निर्माता पुनम गौतमले बताईन् । यो कार्यक्रमबाट फाइदा भएको पैसाले ‘ब्लाइन्ड शो’ गरिने बताईएको छ ।
फोटोमा हेर्नुहोस् ‘डे सेलिब्रेटी रनवे’: