ग्याङ्गस्टारले माग्यो संयमको अभिनय



samyam-puri

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आगामी फागुनबाट छायांकनमा जाने नेपाली चलचित्र ‘ग्याङ्गस्टार ब्लूज’मा संयम पुरी अनुबन्धित भएका छन् । आना शर्मा, आशिरमान देशराज जोशीको प्रमूख अभिनय रहने यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्दैछन् ।

संयम अगाडी भिजे रोजिशा शाही पनि यो चलचित्रको एक भूमिकामा अनुबन्धित भएकी थिइन् । चलचित्रका निर्माता सरोज न्यौपानेले फिल्मको कथा अनुसार संयमको आवश्यकता देखिएको बताए ।

यो सँगै अन्य सह पात्रको लागी पुष २५ गते अनामनगर स्थित मण्डला थिएटरमा अडिशन आह्वान गरेको छ । जहाँ फिल्ममा अभिनय गर्न चाहना जो कोहिले पनि सहभागीता जनाउन सक्नेछन् ।

यो फिल्म २०७४ को भदौ २४ मा रिलीज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu