माघ २८ गते ‘लेक साइड’ आउने



lake-side

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘लेक साइड’ आगामी माघ २८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ ।

राजु अधिकारीले निर्देशन गरेको यो चलचित्रमा पर्यटकीय नगरी पोखराको लेकसाइडमा एउटा युवक संगीत क्षेत्रमा लागेपछि भोग्नुपरेको विविध पीडालाई प्रस्तुत गरिएको छ । चलचित्रमा नीता ढुंगाना र जीवन लुइँटेल प्रमुख भूमिकामा छन् ।

आँशुतोष फिल्म्स प्रोडक्शन र चन्द्रज्योती फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा एञ्जल ढुंगानाको लगानी छ । इन्दिरा तिवारी ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको पटकथा तथा संवाद, पवन गौतमको छायांकन र तारा थापा किम्भेको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu