‘लप्पन छप्पन’ ट्रेलर रिलीज, इन्टरनेटमा ट्रेलरको तारिफ (भिडियो)



lappan-chappan-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
युवापुस्तामा जमेका कलाकारहरु दयाहाङ राई, सौगात मल्ल र अर्पण थापा अभिनित नयाँ चलचित्र ‘लप्पन छप्पन’को ट्रेलर सार्वजनिक भएको छ ।

चैत्र ११ गतेबाट रिलिज हुने यो चलचित्रमा यि तीन कलाकारको साथमा बर्षा सिवाकोटी, देवु श्रेष्ठको साथमा नव-कलाकार प्रकाशजंग शाह, सिड खरेलको पनि अभिनय रहेको छ । बेल्जियममा छायांकित चलचित्रको ट्रेलरलाई इन्टरनेटका दर्शकले खुब मन पराएका छन् । बिशेषत: अभिनयका राजा मानिने तीन कलाकारहरु दयाहाङ्, सौगात र अपर्णलाई अति नै लोभलाग्दो लोकेशनमा अभिनय गराईएकोमा दर्शक खुशी देखिन्छन् ।

मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रलाई डम्बर चन्दले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता सहदेव गौतम हुन् । इन्द्रप्रसाद खरेल सह-निर्माता रहेको यो चलचित्रलाई श्याम श्रेष्ठले यूरोपमा संयोजन गरेका हुन् ।

सुरेन्द्र पौडेलको सम्पादन, राजेन्द्र राजवाहकको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, प्रकाशजंग शाह र प्रवेश पौडेलको कथा तथा पटकथा, दीपकराजको संगीत यो चलचित्रमा छ ।

हेर्नुहोस् ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu