दुई छोराको साथमा चलचित्र बनाउँदै टीका पहारी



Tika-Gaurav-and-Sulabh

ठुलोपर्दा डटकम, काठमाण्डौ।
वरिष्ठ कलाकार टिका पहारीले आफ्ना दुई छोराको साथमा चलचित्र बनाउने भएका छन् । फुटबलको कथा रहने ‘टीम’ नामक चलचित्रलाई टिकाका कान्छा छोरा सुलभले निर्देशन गर्नेछन् भने जेठा छोरा गौरव प्रमूख अभिनयमा रहनेछन् ।

माघको अन्तिम सातादेखि छायांकनमा जाने यो चलचित्रमा गौरवको साथमा कलाकारहरु मेनुका प्रधान, सुनिल पोखरेल, हरिहर शर्मा र युवराज लामा मुख्य भूमिकामा प्रस्तत हुँदैछन् । छायांकन काठमाण्डौं र झापामा हुने बताईएको छ ।

‘टिम’का निर्माता महाविर घिरहिया हुन् । प्रज्ञान थापाको लेखन रहेको फिल्म ‘टिम’ लाई भारतबाट आएका हरी र सतिशले खिच्नेछन् । यस्तै फिल्ममा संगीत एक्सेस ब्यान्ड, कालिप्रसाद बाास्कोटा र भाष्कर स्वाँरको रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu