भिडियोमा हेर्नुहोस् नायिका मलिना जोशीको भ्यालेन्टाइन



Malina-Joshi-And-Vikash

ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसपटकको ‘भ्यालेन्टाइन डे’लाई बिशेष बनाउन गायक बि.पि. वाग्लेले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् ।

‘सिंगल छु …’ बोलको गीतको भिडियोमा नायिका तथा पूर्व मिस नेपाल मलिना जोशी र मोडल विकास लामिछानेको आकर्षक नृत्य समेत छ । यो गीतमा र्‍यापर गिरिश खतिवडाले समेत आफ्नो र्‍याप दिएका छन् । भिडियोमा पनि गिरिशलाई फिचरिङ् गरिएको छ ।

‘यो गीत हरेक प्रेम जोडीले हेर्नैपर्ने बनेको छ, आशा छ मेरो नयाँ गीतले यसपटकको भ्यालेन्टाइन उल्लासमय बनाउन सहयोग गर्नेछ’ गायक वाग्ले बताएका छन् । वाग्ले डान्सरहरुले छुटाउनै नहुने भिडियो रहेको समेत बताए ।

मिशन इन्टरटेन्मेन्टको प्रस्तुतीमा रहेको गीतमा शुरेस अधिकारीको संगीत तथा राचल शर्माका शब्द छन् । गीतको भिडियोलाई रुद्र बोहराले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन छ । कोरियोग्राफर दिपेन्द्र शाही ठकुरी हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu