रिलीजको पूर्वसन्ध्यामा ‘पलाँस’ प्रिमियर, यस्तो रह्यो प्रतिक्रिया



palash-premier

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘पलाँस’ रिलिजको पुर्वसन्ध्यामा बिहिबार साँझ प्रिमियर गरिएको छ । राजधानीको क्यूज सिनेमा हलमा आयोजित प्रिमियरमा सञ्चारकर्मी, चलचित्रकर्मी तथा चलचित्र यूनिटको उपस्थिती थियो ।

प्रिमियरमा चलचित्रकी प्रमूख पात्र रेखा थापा, आयुब केसी लगायतका कलाकारको उपस्थिती थियो । चलचित्रका निर्देशक सुवास कोइराला भने कार्यक्रममा देखिएनन् । निर्माण यूनिटसँगको खिचातानीका कारण उनि प्रचारप्रसारमा नदेखिएको बताईन्छ ।

यसैबीच यो चलचित्र शुक्रवारबाट सोलो रिलीज भएको छ । कृषा चौलागाईंको निर्माण तथा सुवास कोईरालाको निर्देशन रहेको फिल्म देशभरका ७० बराबर हलमा एकसाथ रिलिज भएको निर्माण टिthuमले बताईएको छ । एक युवतीको जीवनमा आईपरेका घटनाक्रम र युवकले गर्ने प्रेम देखाईएको चलचित्रमा रेखा थापा, कामेश्वर चौरासिया, अयुव केसी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतको अभिनय छ ।

चलचित्र हेरेपछि चलचित्रकर्मीहरुले चलचित्रका बारेमा प्रतिक्रिया दिएका छन् । हेर्नुहोस् उनिहरुको प्रतिक्रिया:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu