यि दमदार कलाकारहरुले दिए सलमानला‌ई धक्का



salman-khan-ranveer

राजकुमार हिरानी बलीवुडका यस्ता निर्देशक हुन् जसले आफ्नो चलचित्रमा कुनै कमजोरी रहन दिँदैनन् । उनले आफ्नो आगामी चलचित्रलाई बिशेष बनाउने भएका छन् ।

उनले अबको प्रोजेक्ट स्वरुप अभिनेता सञ्जय दत्तको बायोपिक बनाउँदैछन् । यो चलचित्रमा एक से एक कलाकार राखिने भएको छ । सञ्जयको भूमिकामा रणवीर कपूर हुनेछन् । रणवीर अलग अलग ६ लुक्समा देखिनेछन् । यस्तै यो चलचित्रमा अनुश्का शर्मा, परेष रावल, सोनम कपूर, मनिषा कोईराला, दिया मिर्जा, करिश्मा तन्ना लगायतको अभिनय रहनेछ ।

यो चलचित्र डिसेम्बरमा रिलीज हुनेछ । सोहि मितिमा सलमान खानको ‘टाईगर जिंदा है’ पनि रिलीज हुने तय भईसकेको छ । एकै मितिमा रिलीज भए हिरानी निर्देशित मल्टी स्टारर चलचित्रले सलमानलाई कडा चुनौती दिने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu