संघियताको विषयमा बन्यो चलचित्र



ठुलोपर्दा डटकम, काठमाण्डौ।
देशमा संघियता लागु भईरहँदा यसैमा आधारित चलचित्र अपरिचित पनि प्रदर्शन हुने भएका छन् । चलचित्र अपरिचित संघियता रहि सकेपछि पहिचान प्राप्तीका लागि गरिने एउटा आन्दोल जस्तै हुने निर्माण पक्षले बताएका छन् ।

राजधानीमा पत्रकार भेटघाट गर्दै चलचित्र ‘अपरिचित’ युनिटले चलचित्रको बारेमा जानकारी दिएको हो । अपरिचितले परिचय खोज्ने दिन भने चैत्र २५ लाई राखिएको छ । चैत्र २५ मा परिचय पाउने हो या होईन भने प्रश्नमा निर्माण पक्षले परिचय पाउने दावी गरेका छन् ।

Aparichit

चलचित्र लभस्टोरी एक्शन जनरामा रहेको निर्माता तथा निर्देशक रुपेश थिङले जानकारी दिए । जुना फिलमुको ब्यानरमा निर्माण भएको चलचित्र अपरिचितमा प्रज्वल गिरी, ध्रुव कोईराला, सारीका केसी, मोहनकृष्ण श्रेष्ठ, श्रीकृष्ण बर्देवा लगायतको मूख्य भुमिका रहेको छ । तामाङ चलचित्रलाई पृष्ठभुमि बनाएर आएका रुपेश थिङले यहि चलचित्रबाट नेपाली चलचित्रको निर्देशन यात्रा तय गरेका हुन् । यस अघि तमाङ चलचित्र पर्खाल, कर्म निर्देशन गरेका थिए ।

चलचित्रका निर्मातामा मिलन लामा र जविन्द्र सुब्बा रहेका छन् भने कार्यकारी निर्माता अमृत थिङ हुन् । एक्शन लभ स्टोरी जनराको फिल्म अपरिचितलाई सञ्चु थोकर लामाले खिचेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्धन्द, सागर परियारको संगीत, प्रविण ढकालको सम्पादन र शंकर बिसीको नृत्य रहेको छ । चलचित्रको एक्शनलाई लिएर निर्माण पक्ष चाँडो भन्दा चाँडो चलचित्र प्रदर्शन गर्न हौसिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu