लण्डनका सुन्दर स्थानमा दया र प्रियंकाको प्रेम (भिडियो)
ठुलोपर्दा डटकम, काठमाण्डौ। लण्डनमा छायांकन गरिएको नेपाली चलचित्र ‘हेप्पी डेज’को टीजर रिलीज भएको छ । चाम्स ईन्टरटेन्मेन्ट र लण्डन सिने आईको संयुक्त ब्यानरमा बनेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।
सार्वजनिक टिजरमा सुन्दर लोकेशन देख्न सकिन्छ । टीजरमा अभिनेता दयाहाङ राई, अभिनेत्री प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ता फिचरिङमा छन् ।
यो चलचित्र पालमा मंसिर १५ मा प्रदर्शन हुनेछ भने अन्तर्राष्ट्रिय प्रदर्शन आगामी अगष्टमा हुनेछ ।
चलचित्रमा अन्य निर्मातामा भवानी शर्मा र हिराल जोशी छन् । बि.पी खनाल प्रस्तुतकर्ता रहेको यस चलचित्रको कथा यम थापाको हो । विक्की जोशी, नेजिहा लिम्बु, मोनिका गुरुङ, रुपा पुनः, रितेश चाम्स, जेन वकल र हुप थापा पनि अभिनयमा छन् ।
टीजर हेर्नुहोस्: