यस्तो छ ‘डायरी’ ट्रेलर (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ। २०७४ को जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘डायरी’को ट्रेलर सार्वजनिक भएको छ । बिहिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्टरनेटमा समेत ट्रेलर रिलिज भएको छ ।

‘डायरी’ ट्रेलरमा नायिका रेखा थापा भिलियन बनेको प्रष्ट हुन्छ । डल्लीको नामले परिचित छुल्ठिम गुरुंग र नवनायक सन्नी सिंहको प्रेममा रेखा बाधक बनेको कथा ट्रेलरमा देखिन्छ । नव नायक सन्नी सिंहलाई एक्शन तथा लवर हिरोको रुपमा प्रस्तुत गर्न खोजिएको छ ।

अनिल योञ्जन निर्देशित चलचित्रमा राजकुमार उप्रेतीको द्वन्द्व छ । निर्देशक अनिल र अभिनेत्री छुल्ठिमले चलचित्रमा लगानी गरेका हुन् । संगीत स्वप्निल शर्मा, ईमान साह र मानस राजको छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu