डा.लम्साललाई चलचित्र पत्रकारिता सम्मान, सुवेदी, पौडेल र राउतलाई पुरस्कार



काठमाण्डौ। चलचित्र पत्रकार संघ नेपालको शुक्रबार बसेको कार्यसमिती बैठकले रेडियो नेपालमा कार्यरत डा. नवराज लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । लम्सालले चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गर्न लागिएको बताईएको छ ।

त्यस्तै, अनलाइनखबर डटकमम मनोरञ्जन विधाको पत्रकारितामा लामो समयदेखी कार्यरत विजय आवाज र सगरमाथा टेलिभिजनमा कार्यरत पारस पौडेललाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान हुने भएको छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै पुरस्कृत गर्न लागिएको बताईएको छ । पुरस्कार स्वरुप रु.२१ हजार नगद, ताम्रपत्र र ट्रफीले सम्मान हुनेछ । यसअघि पुरस्कार राशी रु.१५ हजार रहेकोमा यसपटकदेखी वृद्दी गरिएको हो ।

साथै, पहिलोपोस्ट डटकममा कार्यरत स्वेच्छा राउतलाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान हुने भएको छ । पत्रकारितामा आवद्द भएको छोटो समयमा नै चलचित्र पत्रकारितामा सक्रिय स्वेच्छालाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको बताईएको छ । प्रोत्सान पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ ।

आगामी जेठ ७ मा हुन गईरहेको १८ औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान हुनेछ ।

ठुलोपर्दा डटकमको तर्फबाट सम्मानित तथा पुरस्कृत सबैलाई हार्दिक बधाई ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu