दर्शकलाई रुच्यो ‘भन्छु आज’



काठमाण्डौ। नायक पल शाह र नायिका पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’मा समावेश ‘भन्छु आज’ बोलको गीतलाई दर्शकले रुचाएका छन् । युट्यूबमा सार्वजनिक भएको ५ दिनमा नै गीतको भिडियोलाई १० लाख भन्दा बढि पटक हेरिएको छ ।

सुगम पोखरेल र अन्जु पन्तको आवाजमा समावेश यो गीतमा अर्जुन पोखरेलको संगीत, सुदर्शन थापाका शब्द छन् । १६ हजार भन्दा बढी लाइक, २६ सय भन्दा बढी कमेन्ट यो भिडियोमा आएको छ ।

संजय लामाले खिचेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ । निर्देशक तथा निर्माता थापाले भने, ‘हामीले सार्वजनिक गरेको चलचित्रको पहिलो गीतलाई नै दर्शकले यती धेरै रुचाइदिनुभयो । यो भन्दा उत्कृष्ट गीतसंगीत हामी क्रमशः सार्वजनिक गर्नेछौ’ ।

असार ३० गतेबाट देशभरका हलमा रिलिज हुन लागेको यो चलचित्रमा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना लगायतका कलाकारको अभिनय छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu