निखिलको ‘कमिटमेन्ट’मा हुनेछन् यि बलीउड कलाकारहरु
काठमाण्डौ। झण्डै पाँच बर्ष नेपाली चलचित्र क्षेत्रबाट टाढा रहेपछि निखिलले ‘भैरव’ निर्देशन गर्दै कमब्याक गरेका थिए । उनले फेरी अर्को चलचित्र निर्देशन गर्ने भएका छन् । ‘कमिटमेन्ट : सिक्स्टी हावर्स’ नामको चलचित्रलाई उनि आँफैले निर्माण समेत गर्नेछन् ।
शनिवार राजधानीमा निर्माण घोषणा गर्दै भारतको फिल्म निर्माण कम्पनी प्रामा इन्स्ट्रूमेन्ट्सको लगानी सहकार्यमा निखिलले बनाउने यो चलचित्रमा तीन करोडमाथि लागत रहने बताईएको छ । चलचित्रमा निखिलको नै मुख्य भूमिका रहनेछ भने बलीउडका चर्चित कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको अभिनय रहनेछ ।
रञ्जितले ‘वेलकम ब्याक’, ‘हाउसफूल २’, ‘बम्बे टू गोवा’, ‘सावन’ लगायतका सयबढी फिल्ममा काम गरिसकेका छन् भने सयाजी शिंदे बलीउड र तेलुगु फिल्मका चर्चित खलपात्र हुन् । उनले ‘आई’, ‘माजरी मानसा’, ‘बापू बीर वतागाओन्कर’, ‘गल्लीत गोन्धल दिलीत मुजरा’, ‘वजीर’ लगायतका फिल्ममा काम गरेका छन् । त्यस्तै, अनन्त जोगले ‘राउडी राठौड’, ‘लाल सलाम’, ‘सरकार’ लगायतका फिल्ममा काम गरेका छन् । अली जाफरलाई गएको बर्ष सलमान खानको फिल्म ‘सुल्तान’ मा देखिएको थियो ।
चलचित्रको छायांकन नेपाल, मुम्बई, थाइल्याण्ड, सिंगापूर र अमेरिकामा हुँदैछ । ७० प्रतिशत भारतीय भाषामा बन्ने यो फिल्ममा ३० प्रतिशत मात्र नेपाली भाषा हुनेछ ।