हेर्नुहोस् विल्सनले खेलेको बलीउड फिल्मको टीजर, यस्तो रुपमा छन् उनि (भिडियो)
नेपालमा यही जेष्ठ १९ गतेबाट हाँस्यकलाकार विल्सन विक्रम राई स्टारर नेपाली फिल्म ‘रातो घर’ रिलिजको तयारीमा रहेको अवस्थामा उनी अभिनित पहिलो बलीउड फिल्म ‘बोरीवली का ब्रूश ली’को टीजर सार्वजनिक भएको छ ।
टीजरमा विल्सनसँगै बलीउड अभिनेत्री आयशा टाकिया, सुप्रिया पिलजंकर, नील भुपालान, राजश्री देशपाण्डे लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । टीजरमा देखिएको विल्सनको फन्नी लुक्सले तपाईको ओठमा पनि मुस्कान ल्याउन सक्छ ।
१५ सिनका लागि यो फिल्ममा अनुबन्धित भएका विल्सनले प्रत्येक सीन आयशासँग मात्र दिएका छन् । फिल्मलाई आशूतोष वाराङले निर्देशन गरेका हुन् । फिल्मको रिलिज डेट भने फाइनल गरिएको छैन् ।
भिडियो:
Borivali Ka Bruce Lee Teaser from Pandemonium Pictures on Vimeo.