युद्दमा गएका भाई नफर्केपछि खोज्न हिडे सलमान (भिडियो)
बलीउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘ट्यूबलाइट’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा इमोशन, कमेडी र एक्सन दृश्यहरु देख्न सकिन्छ । सलमान लक्ष्मण सिंह बिश्टको भूमिकामा छन् । उनि मन्द बुद्धिका रहेको देख्ब सकिन्छ ।
सलमानका भाई सोहेल खान पनि चलचित्रमा सलमानको भाईकै भूमिकामा छन् । उनको नाम भरत रहेको छ । भरत युद्ध लड्नका लागि चीन र भारतको सिमानामा जान्छन् तर त्यहाँबाट उनी फर्किदैनन् । त्यसपछि लक्ष्मण आफ्नो भाईको खोजीमा जुट्छन् ।
लक्ष्मण कसरी आफ्नो भाईलाई फर्काउँछन्, उनले कस्ता समस्याहरुको सामना गर्नु पर्छ -फिल्मको कहानी यसैमा आधारित छ । ‘ट्यूबलाइट’ ईदमा रिलिज हुँदैछ । फिल्मलाई कबिर खानले निर्देशन गरेका छन् ।
ट्रेलर: