‘कमलेको बिहे’ ट्रेलर रिलिज (भिडियो)



काठमाण्डौ। नेपाली समाजको परिवेशलाई चित्रण गरिएको नेपाली चलचित्र ‘कमलेको बिहे’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा समावेश लिड अभिनेता अनुपबिक्रम शाहिले निभाएको भुमिकालाई धेरैले ‘वाह वाहि’ दिएका छन् ।

खलपात्रको भुमिकामा फिट भईसकेका अनुपले निभाएको हालसम्मकै फरक अभिनयलाई दर्शकले तारिफ गरेका छन् । उनले शास्त्री (पण्डित)को रुपमा निर्वाह गरेको भुमिकासँगै चमेली बनेकी अभिनेत्री सन्ध्या केसीको लुक्स र अभिनयलाई पनि तारिफको ओहिरो छ ।

प्रसन्न पौड्याल निर्देशित चलचित्रको आधिकारिक रिलिज मिति तय भईसकेको छैन् । श्रावण महिनामा रिलिजको तयारीमा निर्माण टिम जुटेको छ । सरिता लामाले फिल्मलाई निर्माण गरेकी हुन् । निर्देशन पौड्याल नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथा नै फिल्मको सार रहेको बताउँछन् ।

फिल्मलाई विदुर पाण्डेले खिचेका हुन् । महेश दवाडीको कथा, पटकथा तथा संवाद समावेश ‘कमलेको बिहे’मा अनुप र सन्ध्यासागै विनोद न्यौपाने, इशान ढकाल, विशाल पहाडी, रेशु तामाङ, कुलद्विप अधिकारी र किरण लाकौल लिड अभिनयमा छन् । सरिता मुभिज क्रियशनको व्यानरमा बनेको फिल्ममा कार्यकारी निर्मातामा दिपक विष्ट ‘गौली’ रहादा लगानीमा साझेदारी प्रतिक तामाङ, सुनिल विष्टले गरेका छन् ।

राजनराज शिवाकोटी, शिखर सन्तोष र वावुल गिरीको संगीत रहेको फिल्ममा समावेश गीतमा शिवाकोटीसँगै माण्डवी त्रिपाठी, युवराज चौलागाईं, समिर आचार्य र अरुणदेव यादवको स्वर छ । सम्राट वस्नेतको द्वन्द्व निर्देशन रहँदा नृत्य निर्देशन दिपकमान सिंहले गरेका छन् । तारा थापा ‘किम्भे’ फिल्मका सम्पादक हुन् । दिनेश प्रकाश महरा प्रोडक्सन डिजाईनर रहेको फिल्ममा प्रोडक्सन व्यवस्थापनको काम प्रकाश हमालले गरेका छन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu