रिलिज हेरफेरसँगै आयो ‘रुद्र’ फर्स्टलुक
काठमाण्डौ। नेपाली चलचित्र ‘रुद्र’को रिलिज हेरफेर भएको छ । यसअघि श्रावण २० लाई प्रदर्शन मिति तय गरेको चलचित्र अब एक हप्ता पहिले नै अर्थात श्रावण १३ मा रिलिज हुनेछ । साथमा फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
निर्देशक रामजी लामिछानेका अनुसार कारणबस फिल्मको रिलिज एक हप्ता अघि सारिएको हो । फिल्म ‘रुद्र’मा एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेति पहिलो पटक भिलेन (खलपात्र)को भुमिकामा प्रस्तुत छन् । सार्वजनिक फर्स्टलुक पोस्टरमा इनि निखिलको एङ्ग्री’ लुक्स समावेश छ भने मुख्य कलाकार रहेका डेब्यू अभिनेता अभिनेत्री द्वय विश्व र सारालाई प्रेमभावमा देख्न सकिन्छ ।
पोस्टरमा निखिललाई भिलेन अवतारमा प्रस्तुत गरेका निर्देशक लामिछानेले खलनायकको प्रसङ्ग जोड्दै ‘रावणको लागी राम, रामको लागी रावण, दुबै एक अर्काका लागी खलनायक हुन’ स्लोगन लेखेका छन् ।
हिमाल केसीको द्वन्द्व रहेको फिल्मलाई ‘लभ स्टोरी प्लस एक्सन’ जनरामा लिइएको छ । फिल्ममा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे समेतको अभिनय छ । सौरभ लामाले ‘रुद्र’को क्यामेरा चलाएका छन् ।