मोहन र सारिकाको दुबईमा प्रेम (भिडियो)
काठमाण्डौ। पछिल्लो समय ‘ट्युसन पढाउँछु’ गीत गायनबाट चर्चित बनेकी पूजा सुनुवारले ‘यो मन मेरो चोरिसकेछौ’ बोलको गीत गाएकी छिन् ।
उक्त गीतको भिडियो हालै सार्वजनिक भएको छ । गीतकार डि.पी. खनालको रचना तथा शंकर थापा ‘स्माईल’ को संगीत रहेको गीत भिडियोमा दुबई शहरका बिभिन्न रमणीय दृश्यहरु देखिन्छन् ।
दुबई बस्ने कलाकार मोहन बोगटी र सारिका सुनारको अभिनय रहेको भिडियोलाईनृत्य निर्देशक गोबिन्द राईले निर्देशन गरेका छन् । रोहित बिक्रम कार्की र बिरेन्द्र भट्टले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।
भिडियो: