‘कृ’ आउँदैमा ‘ऐश्वर्य’ पछि नहट्ने



काठमाण्डौ। यो बर्षको कार्तिक महिना नेपाली चलचित्र उद्योगको लागी बिशेष हुने भएको छ । रमेश उप्रेतीको निर्माण र अभिनिय रहेको फिल्म ‘ऐश्वर्य’, रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म ‘रुद्र प्रिया’ र अनमोल केसी स्टारर फिल्म ‘कृ’ क्रमशः कार्तिक १, २ र ३ गते रिलिज हुँदैछन् ।

यि तीन चलचित्रको यो रिलीज मिति सरसर्ती हेर्दा अस्वभाविक लाग्छ । पहिलो त एक‍-एक दिनको फरकमा रिलीज हुँदैछन् र दोश्रो कुरा तीनवटै चलचित्र व्यापारका सम्भावित चलचित्र हुन् । हलसंख्या न्यून रहेको नेपालमा यसरी आशातित तीन चलचित्र लाग्नु अस्वभाविक लाग्छ ।

अनमोल केसी अभिनित ‘कृ’ आउने भएपछि रमेश उप्रेतीले आफ्नो चलचित्र ‘ऐश्वर्य’ रिलीज सार्ने हल्ला गरिएको थियो तर, उप्रेतीले यसको खण्डन गरेका छन् । हामीसँगको कुराकानीमा उनले भने, ‘मैले कार्तिक १ गतेलाई फिल्मको रिलिज फाइनल गरेको थिए । र, ‘ऐश्वर्य’ कार्तिक १ गते नै रिलिज हुन्छ । सबैलाई आफ्नो स्वतन्त्रता छ जहिले जून मितिमा पनि आफ्नो फिल्म रिलिज गर्न पाउने । हामीले चाहिँ पहिला नै फिल्मको रिलिज घोषणा गरेका कारणले कार्तिक १ गते नै ‘ऐश्वर्य’ रिलिज गर्नेछौं ।’

उनले अगाडि भने, ‘पहिला ‘ऐश्वर्य’को रिलिज दशैमा हुने कुरा थियो तर त्यही मितिमा दीपकराज गिरीको फिल्म ‘छक्का पन्जा २’ रिलिज हुने भएपछि हामीले समझदारीमा ‘ऐश्वर्य’लाई कार्तिक १ गते रिलिज गर्ने फाइनल गरेका थियौं ।’

दिवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्मको अहिले डबिङ भईरहेको छ । चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाईं, केकी अधिकारी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu