‘बाबु कान्छा’ बन्दै सलोन



काठमाण्डौ। शोभित बस्नेतको निर्देशनमा बन्ने नेपाली चलचलित्र ‘बाबु कान्छा’को राजधानीमा एक कार्यक्रमको आयोजना गरि शुभमुहुर्त गरिएको छ । मुहुर्तमा कलाकार सरोज खनाल र नायक सलोन बस्नेतले आफ्नो भागको संवाद बोलेका थिए । नायिका पूजा शर्माले मुहुर्त सर्टको निर्देशन गरिन् भने ‘ए मेरो हजुर २’ डेब्यू नायक सलिन मान बाँनियाले क्ल्याप ठोकेको थिए ।

यो फिल्ममा शोभितका आफ्नै छोरा सलोनको अपोटिजमा नायिका करिश्मा श्रेष्ठ छिन् । यसअघि यो जोडीले ‘लभ सब’ मा एकसाथ काम गरेका थिए । फिल्ममा सलोन र करिश्माका अलावा रितिक शाही, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट सापकोटाको पनि मुख्य भूमिकामा छन् । यो फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले अभिनयमा डेब्यू गर्दैछन् ।

फिल्मको कथा निर्देशक शोभित बस्नेत आफैले लेखेका हुन् । रंग पत्रकार रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

स्मरण रहोस् २०७२ मा रिलिज भएको रेखा थापा र जीवन लुइँटेल अभिनित फिल्म ‘जाउँ हिँड पोखरा’पछि निर्देशक शोभित बस्नेत निर्देशित फिल्म हलमा लागेका छैनन् ।

फोटो: दिनेश बोहरा/मिडिया एनपी

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu