नायिकाको एक्शन रहेको ‘तारेभीर’ रिलीज



काठमाण्डौ। नेपाली चलचित्र ‘तारेभीर’ रिलीज भएको छ । मोफसलमा ३७ र राजधानीमा ११ वटा हलबाट प्रदर्शन आरम्भ गरेको ‘तारेभीर’मा अधिकांश नयाँ कलाकारहरुको बाहुल्यता छ ।

चलचित्रमा नायिकालाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । देउ कृष्ण देवानको निर्माण र अभिनय रहेको फिल्मलाई कलाकार प्रेम सुब्बाले निर्देशन गरेका हुन् । वास्तविक कथामा आधारित नारी एक्सनप्रधान फिल्म ‘तारेभीर’मा दुई छोरी मात्र भएको परिवारले भोग्नुपरेको सामाजिक कथालाई उधिन्ने प्रयास गरिएको छ ।

फिल्म नायिकाप्रधान भएकाले कलाकारहरू कथाभित्रका दिदीबहिनी विष्णु चेम्जोङ र रेखा फागोको वरिपरि घुम्छ । नेक्स्ट जेनेरेसन इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, देउ कृष्ण देवान, दीपेश श्रेष्ठ, अजयकुमार माझी, मञ्जु श्रेष्ठ, रञ्जित राना र निर्मल थापाको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu