म्यानमारकी युवतीसँग प्रदीपको प्रेम, यस्तो छ ‘प्रेम गीत २’ ट्रेलर (भिडियो)



काठमाण्डौ। प्रतिक्षित चलचित्र ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा नायक प्रदीप खड्का, नायिका अश्लेसा ठकुरी र निर्माता तथा कलाकार सन्तोष सेन देखिएका छन् ।

ट्रेलरमा ‘प्रेम’ र ‘गीत’ बीचको प्रेमकथा छ । नेपालका ‘प्रेम’ र म्यान्मारकी नेपाली यूवती ‘गीत’ बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं ‘सुख दुःख’ चलचित्रले भन्नेछ ।

रामशरण पाठक निर्देशित चलचित्र आँशुसेन फिल्म्सको ब्यानरमा बनेको हो। वर्ष २०७२ मा प्रदर्शनमा आएको हिट चलचित्र ‘प्रेमगीत’को नेमसिक्वेल ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रमा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्ममा फिल्मको कथा निर्देशक पाठक आफैले लेखेका हुन् । यो फिल्म साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu