पल र सुदर्शनबीच गोलाप्रथा गरेर बिहे गर्छु: पूजा शर्मा (भिडियो)



काठमाण्डौ। पूजा शर्मा र पल शाह स्टारर फिल्म ‘म यस्तो गीत गाउँछु’ यही असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । फिल्मको ट्रेलर र दुई प्रेमगीतले अहिले नेपाली बजारमा राम्रै धुम मच्चाइरहेको छ ।

बर्ष २०७२ मा रिलिज भएको फिल्म ‘प्रेमगीत’को र्शिष गीत सापटी लिँदै निर्माण भएको यो फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । यसअघि सुपरहिट लभस्टोरी फिल्म निर्देशन गरिसकेका सुदर्शन ‘प्रेमगीत’का पनि निर्देशक हुन् ।

‘प्रेमगीत’कै टीमले निर्माण गरेका कारण पनि ‘म यस्तो गीत गाउँछु’को प्रतिक्षा अहिले जो कोहीँले गरेका छन् । त्यस्तै, ट्रेलर र गीतले बनाएको हाइप फिल्मले पूरा गर्ला वा नगर्ला भन्ने डरले चाहिँ निर्माणपक्षको यतिबेला भोकनिन्द्रा हराएको छ । अब यो त असार ३० गतेको बिहानीसँगै थाहा हुनेछ ।

निर्देशक सुदर्शन थापाले ठूलोपर्दा डटकमसँग कुराकानी गर्दै ‘म यस्तो गीत गाउँछु’ म्यूजिकल लभस्टोरी फिल्म रहेको बताए । उनले भने, ‘इमोशनल लभस्टोरी फिल्म हो ‘म यस्तो गीत गाउँछु’ । जसरी मैले ‘मेरो एउटा साथी छ’ देखि ‘प्रेमगीत’सम्म आइपुग्दा दर्शकहरुको लभस्टोरी फिल्ममा जून अनुसारको माया पाएको छु र ‘प्रेमगीत’लाई जसरी दर्शकहरुले अत्याधिक मनपराउनु भयो त्यसपछि हामीले ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेका हौं । त्यही किसिमको लभस्टोरी, म्यूजिकल लभस्टोरी र रोमान्टिक लभस्टोरी तर त्यसका घटनाक्रमहरु भने अन्य फिल्महरुभन्दा फरक छ ।’ उनले ‘म यस्तो गीत गाउँछु’ पूर्ण मनोरञ्जनात्मक फिल्म रहेको पनि बताए ।

त्यस्तै, नायिका पूजा शर्माले पल शाहको जीवनमा आफू आएपछि घटने घटनाहरुलाई फिल्ममा देखाइएको बताइन् ।

नायिका पूर्जा शर्मा र निर्देशक सुदर्शन थापासँग गरिएको भिडियो कुराकानी हेर्नूस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu