भदौ ८ मा भुटानी शरणार्थीको कथा आउने



काठमाण्डौ। नेपालमा रहेका भुटानी शरणार्थीहरुको कथामा आधारित रहेर निर्माण गरिएको फिल्म ‘हामी शरणार्थी’ आगामी भदौ ८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । केरुङ् फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्म तीज चाडलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको हो ।

यो फिल्ममा अभिनेत्री शिल्पा पोखरेलले दुई सन्तानकी आमाको भूमिकामा अभिनय गरेकी छिन् । उनीसँगै जिवन भट्टराई, प्रतिमा रसाईली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई र दिलीप योङहाङ लगायतको अभिनय छ ।

अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा कृष्णप्रसाद पोखरेल कार्यकारी निर्माता छन् । फिल्ममा हिमाल केसीको द्वन्द, उत्तमजंग लिम्बुको संगीत, कमल राईको नृत्य, बैजु सिंहको पटकथा र संवाद तथा सौरभ लामाको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu