डी सिने अवार्डमा विपिन र प्रियांका उत्कृष्ट



हेटौडामा सम्पन्न ‘नवौं डी सिने अवार्ड’मा चलचित्र ‘जात्रा’बाट विपिन कार्की उत्कृष्ट अभिनेता र चलचित्र ‘छक्का पन्जा’बाट प्रियंका कार्कीले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालेका छन् ।

‘छायाँछबि क्रियशन’ले आयोजना गरेको ‘नवौं डी सिने अवार्ड’मा फिल्म ‘छक्का पन्जा’ले सर्वाधिक ११ विधामा अवार्ड हात पार्‍यो । ‘छक्का पन्जा’ले उत्कृष्ट नायिकाको अवार्डसँगै उत्कृष्ट फिल्म, उत्कृष्ट नव-निर्देशक, उत्कृष्ट हाँस्यकलाकार, उत्कृष्ट खलपात्र, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गायक, उत्कृष्ट संगीतकार र उत्कृष्ट संवाद, उत्कृष्ट सम्पादन र उत्कृष्ट छायाँकारको अवार्ड उचाल्न सफल भयो ।

चलचित्र ‘तीन घुम्ती’ले अवार्ड प्राप्त गर्‍यो भने ‘जात्रा’बाट निर्देशक प्रदीप भट्टराई, ‘झुम्की’बाट मनोज आरसी र ‘पुरानो डुंगा’बाट नायिका मेनुका प्रधानले क्रिटिक्स अवार्ड प्राप्त गरे । यस्तै, मिलन चाम्सलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो भने ‘ठमेल बजार’बाट गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटालाई पब्लिक च्वाइस अवार्ड प्रदान गरियो ।

पत्रकार लक्ष्मण सुवेदीलाई ९ हजार ९ सय ९९ सय राशीसहितको ‘छायाँछबि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । ‘छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’ बाट बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बास्कोटा सम्मानित भए ।

‘छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७३’ बाट पुरुषतर्फ अभिनेता सरोज खनाल र महिलातर्फ अभिनेत्री रुपा रानालाई सम्मानित गरियो ।

‘नवौं डी सिने अवार्ड’ प्राप्त गर्नेहरुको सुची:

१) उत्कृष्ट एनिमेशन
द फेमश
२) उत्कृष्ट ध्वनि मिश्रण
मनोजराज भण्डारी – जात्रा
३) उत्कृष्ट पाश्र्व संगीत
शैलेश श्रेष्ठ – गाजलु
४) उत्कृष्ट केमियो
निश्चल बस्नेत – लप्पन छप्पन
५) उत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल केसी – निर्भय
६) उत्कृष्ट बाल-कलाकार
साइब्रत आचार्य – छायाँ
७) उत्कृष्ट हाँस्यकलाकार
केदार घिमिरे – छक्का पञ्जा
८) उत्कृष्ट खलपात्र
दीपकराज गिरी – छक्का पञ्जा
९) उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – पूर्ब पश्चिम रेल…(छक्का पञ्जा)
१०) उत्कृष्ट गीतकार
आकाश अधिकारी – पागल…(के म तिम्रो होईन र)
११) उत्कृष्ट गायिका
मिना निरौला – ठमेल बजार – लुट २
१२) उत्कृष्ट गायक
कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा
१३) उत्कृष्ट संगीतकार
दीपक शर्मा – देखन चम्पा…(छक्का पञ्जा)
१४) उत्कृष्ट संवाद
दीपकराज गिरी – छक्का पञ्जा
१५) उत्कृष्ट पटकथा
हेमराज बिसी – गाजलु
१६) उत्कृष्ट कथा
रामबाबु गुरुङ – पुरानो डुंगा
१७) उत्कृष्ट नव-नायिका
श्रृष्टी श्रेष्ठ – गाजलु
१८) उत्कृष्ट नव-नायक
आर्यन अधिकारी – के म तिम्रो हैन र
१९) उत्कृष्ट नव-निर्देशक
दीपाश्री निरौला – छक्का पञ्जा
२०) उत्कृष्ट चरित्र अभिनेत्री
गौरी मल्ल – के म तिम्रो हैन र
२१) उत्कृष्ट चरित्र अभिनेता
शिशिर राणा – बीर बिक्रम
२२) उत्कृष्ट सह-अभिनेत्री
सुस्मिता केसी – म त तिम्रै हुँ
२३) उत्कृष्ट सह-अभिनेता
सुशान्त कार्की – तीन घुम्ती
२४) उत्कृष्ट सम्पादक
बिपिन मल्ल – छक्का पञ्जा
२५) उत्कृष्ट छायाँकार
पुरुषोत्तम प्रधान – छक्का पञ्जा
२६) उत्कृष्ट अभिनेत्री
प्रियंका कार्की – छक्का पञ्जा
२७) उत्कृष्ट अभिनेता
विपिन कार्की – जात्रा
२८) उत्कृष्ट निर्देशक
हेमराज बिसी – गाजलु
२९) उत्कृष्ट चलचित्र
छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu