बहुपति चलनको कथामा मिनले चलचित्र बनाउने



काठमाण्डौ। अघिल्लो बर्षको चर्चित चलचित्र ‘कालो पोथी’का निर्देशक मीन बहादुर भामले दोस्रो प्रोजेक्ट घोषणा गरेका छन् । उनको नयाँ चलचित्र ‘चिसो वर्ष’ हुनेछ ।

अहिले स्क्रिप्ट लेखिरहेका भामले अब २/३ वर्षमा ‘चिसो वर्ष’ निर्माण सक्ने बताएका छन् । कलाकार र लोकेशन अझै छनौट भईसकेको छैन । नेपालको हिमाली भेगमा हुने बहुपति प्रथाको विषयमा फिल्म ‘चिसो वर्ष’ निर्माण हुनेछ ।

यसअघि मीनले निर्देशन गरेको ‘कालो पोथी’ले इटलीको भेनिसमा भएको ७२ औं भेनिस फिल्म फेस्टिवल अन्तरगतको क्रिटिक्स विकमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu