सदिक्षाको डान्सिङ् गीत ‘छोटो छोटो’ सार्वजनिक (भिडियो)



काठमाण्डौ। नेपाली डान्सिङ् गीत ‘छोटो छोटो’को भिडियो सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायिका तथा गीतकार सदिक्षा सेजुवालको यस गीतको अडियो तथा भिडियो लोकार्पण गरिएको हो ।

‘छोटो छोटो’ गीतमा शंकर थापा ‘स्माईल’को संगीत रहेको छ भने शब्द तथा स्वर सदिक्षाको रहेको छ । विकाश सुवेदी निर्देशित भिडियोमा अनिल थापा, सदिक्षा, सुनिल क्षेत्री तथा नेपाली ठिटोज् ग्रूपका सदस्यहरुको अभिनय छ । अनिल के. मानन्धरले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् ।

अडियो-भिडियो सार्वजनिक गर्दै गायिका सेजुवालले सोचेभन्दा राम्रो भिडियो बनेको बताएकी छिन् । उनले पहिलोपटक मोडलिङ् गर्दा शुरुमा गाह्रो भएतापनि टीम राम्रो हुँदा सहज भएको बताईन् । नेपाली ठिटोजका सुनिल क्षेत्रीले मोडल अनिल थापासँग काम गर्न पाउँदा खुशी लागेको बताए । निर्देशक विकास सुवेदीले लामो समयदेखी यो टीमसँग काम गर्न पाउँदा खुशी व्यक्त गरे ।

उदयराज पौडेलको संगीत संयोजन रहेको यस गीतको अडियो दश म्यूजिकले व्यबस्थापन गरेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu