चितवनमा ‘संरक्षण’ प्रिमियर हुने
नेपाली चलचित्र ‘संरक्षण’को रेड कार्पेट प्रिमियर चितवनमा हुने भएको छ । लक्की मिडिया हाउसको आयोजनामा साउन २७ गतेबाट रिलीज हुने यो चलचित्र साउन २५ गते प्रिमियर हुन लागेको हो ।
नारायणगढको क्यूएफएक्स जलमा हलमा चलचित्रको प्रिमियर हुनेछ । नेपालको राजनीतिक परिवेशमा आधारित रही बनेको यो चलचित्रमा मधेसको मुद्दा उठान गरिएको बताईएको छ ।
चलचित्रमा सौगात मल्ल, निखिल उप्रेती, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी लगायतका कलाकारको मुख्य भूमिका छ । पुर्णेन्दु झाको निर्देशनमा तयार भएको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन, प्रवेश मल्लिकको संगीत छ । प्रदिपकुमार उदय, नरेन्द्र महर्जन र श्वेता शाहले यो चलचित्र निर्माण गरेका हुन् ।