‘कुटुमा कुटु’ले एक करोड भ्यूज पाउँदा मनाईयो खुशियाली



काठमाण्डौ। नेपाली चलचित्र “२ रुपैयाँ”को गीत “कुटुमा कुटु”लाई युट्युबमा एक करोड भन्दा बढि पटक हेरिएको छ । सोहि अवसर पारी सोमबार राजधानीमा केक काटी खुशियाली मनाईएको छ ।

भदौ २३ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको गीत “कुटुमा कुटु”ले असार ३१ गते युट्युबमा १ करोड भ्युज पाएको थियो । यो गीतले ४९ दिनमा नै १ करोडभन्दा बढी भ्युज पाएको हो ।

“कुटुमा कुटु”को सेलिब्रेशनमा गीतकार, संगीतकार तथा गायक राजनरान सिवाकोटी, गायक राजन इशान, निर्देशक असिम शाह, नायक तथा निर्माता आशिफ शाह, कोरियोग्राफर कविराज गहतराज, नायिका स्वस्तिमा खड्का लगायत सहभागी थिए । यो फिल्मको लोक लयमा आधारित गीतमा निर्देशक निश्चल बस्नेत, आशिफ शाह र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् ।

गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वरमा राजनराजलाई मेलिना राई र राजन ईशानले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu