सुनिलमाथी ‘सायद २’ नायिकाको गम्भीर आरोप, ‘लोभ देखाएर गर्लफ्रेण्ड बनाउन खोजे’ (भिडियो)



काठमाण्डौ। प्रदर्शनको दिनदेखि कमजोर व्यापार गरिरहेपनि चलचित्र ‘सायद २’लाई दर्शकहरुले रुचाएका छन् । फिल्मले सफलता हात नपारेको स्वीकार गर्दै निर्माता सुनिल रावलले केहीदिन अगाडि फेसबुक लाइभमार्फत दुर्गिस फिल्मसको ब्यानरबाट निर्माण हुने नयाँ फिल्ममा नयाँ कलाकार नलिने समेत घोषणा गरेका थिए । त्यस्तै एक अन्तरवार्तामा नायिका स्यारोन श्रेष्ठले करोडमा मोजमस्ती गरेर सम्पर्कमा नआएको समेत भनेका थिए ।

यि सबै घटनापछि अहिले अर्को विवाद चर्किएको छ । ‘सायद २’ की नायिका स्यारोन श्रेष्ठले निर्माता सुनिल रावल माथि केही आरोपहरु लगाएकी छिन् । बिहीवार राजधानीमा पत्रकारसँग भेटघाट गर्दै उनले निर्माता रावलले बारम्बार सुटिङ सेटमा आफ्नो प्रेमीका बने एयरहोस्टेस समेत बनाइदिने बताएको खुलाएकी छिन् । उनले यो कुराबाट आफु निकै दुःखी भएको बताएकी छिन् ।

त्यस्तै, श्रेष्ठले सुनिल रावलले आफुमाथी लगाएका आरोपहरुको बारेमा माफी माग्नु पर्ने बताएकी छिन् ।

नायिका स्यारोनले लगाएका आरोपको विषयमा निर्माता सुनिल रावलले नायिका स्यारोनलाई न आफुले प्रेमिका बन भनेको न त एयरहोस्टेस नै बनाइदिन्छु भनेको बताए । उनले भने, ‘म एयरलाइन्सको मान्छे होइन मैले स्यारोनलाई एयरहोस्टेस बनाइदिन । म काम गर्ने मान्छे हुँ । मलाई जिस्कन पनि आउँदैन र जिस्काउन पनि आउँदैन ।’

उनले अगाडि भने, ‘स्यारोनले म माथि लगाएका आरोपहरु सबै गलत हुन् । यदी मैले गलत गरेको थिएँ भने पहिला नै मिडियामा ल्याउनु पर्थ्यो नि त किन नल्याएको त ? मैले उहाँलाई होइन उहाँले चाँही मसँग माफी माग्नु पर्छ ।’

भिडियोमा हेर्नुहोस् स्यारोन र सुनिलसँगको कुराकानी:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu