पुष्पलले शर्मिलालाई भन्दैछन् ‘आई लभ यू’ (भिडियो)



काठमाण्डौ। नेपाली रोमान्टीक गीत ‘लभ यू’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायक पुष्पल खड्का र शर्मिला राईको अभिनय छ भने नेपाली ठिटोज् ग्रुपको नृत्य छ ।

आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको यो डान्सिङ् गीतको भिडियो विकास सुवेदीको निर्देशनमा तयार छ । भिडियोमा एक युवकले युवतीसँग अपेक्षा गर्ने प्रेमभाव र युवकको सपना देखाईएको छ ।

गीतमा सुरेश लामाको स्वर छ भने शंकर थापा ‘स्माईल’को संगीत र डिपि खनालका शब्द छन् । भिडियो सार्वजनिक कार्यक्रममा गायक सुरेश लामाले आफु निरन्तर नेपाली संगीत क्षेत्रमा लागिरहने प्रतिबद्दता जनाए । उनले दर्शक/श्रोताबाट आफुले माया पाउने बिश्वास व्यक्त गरेका छन् ।

सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको यस गीतको भिडियो अनिल कुमार मानन्धरले छायांकन गरेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका छन् । भिडियोलाई अमेरिका बस्दै आएकी दीपिका राईले निर्माण गरेकी हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu