पत्रकार उत्सवलाई अनमोलकी आमाको यस्तो ‍‍धम्की, चलचित्र पत्रकार संघद्वारा भ्रत्सना



काठमाण्डौ। यस वर्ष नेपाली फिल्म क्षेत्रमा एकपछि अर्का काण्डहरु बाहिर आइरहेका छन् । यस्तैमा नायक भुवन केसीकी पूर्व श्रीमती तथा नायक अनमोल केसीकी आमा सुस्मिता केसीले रंग पत्रकार उत्सव रसाइलीलाई धम्की दिएकी छिन् ।

केही दिनयता उत्सवलाई लक्षित गर्दै फेसबुकमा विभिन्न गालीसहितका स्टाटसहरु पोष्ट गर्दै आइरहेकी सुस्मिताले हालैमा जातीय र लैंगिक हिंसा हुनेगरी सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी थिइन् । उनले उत्सवलाई प्राइभेट म्यासेज बक्समा ‘रसाइली कुन जातको रे ?’ भन्दै जातीयताको धज्जी उडाएकी छिन् भने एक स्टाटस लेख्दै ‘उत्सव बहिनी उप्स सरी भाई’ भन्दै लैंगिक हिंसा हुनेगरी स्टाटस पोस्ट गरेकी छिन् । सुस्मिताले यो स्टाटस भने हटाइसकेकी छिन् ।

सुस्मिताको म्यासेज र स्टाटसको प्रतिउत्तर दिँदै पत्रकार रसाइलीले आफ्नो फेसबुकमा एक स्टाटस लेखेका छन्, ‘युवा स्टार अनमोल केसीकी आदरणीय आमा सुस्मिता केसीले मलाई पर्सनल च्याटमा यसरी जात के हो ? भनेर सोध्नु भयो । म दलित समुदायमा पर्दछु । मेरो आफ्नो र अन्य सम्पूर्ण समुदायप्रति सम्मान छ । थप अरु के जान्न चाहानुहुन्छ ? र, सुस्मिता बम्जन उर्फ केसी तपाईलाई रमाइलो गर्ने साह्रो सोख चलेछ, आउनुस् स्टार मलको पहिलो तल्लामा बसेर धित मरुञ्जेल रमाइलो गराइदिन्छु र म भाई हो कि बैनी त्यो पनि प्रष्टसँग देखाइदिन्छु। अन्त्यमा अनमोल केसी आमालाई सम्हाल्नुस्,आमाको रोग पहिचान गरेर बेलैमा उपचार गर्दा करिअर थप उज्जवल हुन्छ ।’

पत्रकार रसाइलीको यो स्टाटस लगत्तै नायिका तथा निर्मात्री सुस्मिता केसीले फोनमा धम्कीपूर्ण भाषा प्रयोग गर्दै ‘तेरो बाउको बिहे देखाइदिने’ लगायतका उपशब्द प्रयोग गरेकी छिन् । उनले तेस्रो व्यक्ति प्रयोग गरेर पत्रकार रसाइलीलाई ज्यान मार्ने समेत धम्की दिएकी थिइन् ।

फोन रेकर्डको पाठ्य रुपान्तरण यस्तो छ:
उत्सव : हेलो…
सुस्मिता : हेलो…
उत्सव : हजुर हजुर
सुस्मिता : को उत्सव हो ?
उत्सव : अँ उत्सव
सुस्मिता : ओइ गधा त कहाँ भन त ? म आउँदैछु ।
उत्सव : म स्टार मलमा छु दिदी, भन्नुन ।
सुस्मिता : म आउँदैछु । तलाई तेरो बाउको बिहे नदेखाई म छाड्दिन ।
उत्सव : हुन्छ । कति बजे आउनुहुन्छ ?
सुस्मिता : तँ पर्खी राख, त्यहाँ मलाई ।
उत्सव : कति बजे आउनुहुन्छ ?
सुस्मिता : कति बजे होइन म आधा घन्टामा आउँछु । तँ मलाई पर्खी राख ।
उत्सव : ए, ल ल ल ।
सुस्मिता : तैले अत्ति न्यूहुँ खोजिस् तेरो म आज देखाउँछु । तलाई पख ।
उत्सव : ए, ल न त ल आउनुस् ।
सुस्मिता : भागिस् भने….
उत्सवः कतिबजे आउनुहुन्छ ।
(फोन सम्पर्क विच्छेद भयो)

सुस्मिताले जातीय र लैंगिक हिंसा हुनेगरी प्राइभेट म्यासेज बक्स र सामाजिक सञ्जाल फेसबुकमास्टाटस पोष्ट गरेपछि अहिले यसले चर्को रुप लिएको छ । तीन दिनभित्र लिखित स्पष्टिकरणको मागसहित पत्रकार रसाइलीसँग माफी नमागे चलचित्र पत्रकारहरुले सुस्मिताको विषयमा कलम नचलाउने चलचित्र पत्रकार संघ, नेपालले एक विज्ञप्ती जारी गर्दै निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu