दुई रुपैयाँको लागी यत्रो काण्ड, ‘दुई रुपैयाँ’ ट्रेलर रिलीज (भिडियो)
काठमाण्डौ। चर्चित निर्देशक निश्चल बस्नेत र अर्का निर्देशक अशिफ शाह अभिनित नेपाली चलचित्र ‘दुई रुपैयाँ’को ट्रेलर रिलीज भएको छ । बिहिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भाद्र २३ गते रिलिज हुने यो चलचित्रको ट्रेलर रिलीज गरिएको हो ।
ट्रेलरमा नायक निश्चल बस्नेत र आशिफ शाहबिचको मित्रता र २ रुपैयाँले जीवनमा ल्याउने अनेकौ उचारचढावलाई देखाइएको छ । ट्रेलरमा एक्सन, कमेडी, रोमान्स सबै पक्षलाई देखाउने प्रयास गरिएको छ । फिल्ममा निश्चलले ‘जुरेली’ र अशिफले ‘दाह्री’को भूमिका निर्वाह गरेका छन् ।
यसअघि यो चलचित्रका ‘कुटुमा कुटु’ र ‘टल्क्यो जवानी’ बोलका रिलीज भएका थिए । दुबै गीत हिट भईसकेका छन् ।
ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यो फिल्ममा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । चलचित्रलाई असिम शाहले निर्देशन गरेका हुन् ।
ट्रेलर हेर्नुहोस्: