यूट्युब नेपाल सँस्करणको शिर्ष स्थानमा ‘दुई रुपैयाँ’को ट्रेलर



काठमाण्डौ। चर्चित निर्देशक निश्चल बस्नेत र अर्का निर्देशक अशिफ शाह अभिनित नेपाली चलचित्र ‘दुई रुपैयाँ’को ट्रेलर रिलीज भएको तेश्रो दिन यूट्युब नेपाल सँस्करणको शिर्ष स्थानमा चढेको छ । यो समाचार तयार पार्दासम्म ट्रेलरलाई सात लाख सत्तरी हजार बढि पटक हेरिएको तथ्यांक यूट्युबले देखाएको थियो ।

बिहिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलीज गरिएको थियो । भाद्र २३ गते रिलिज हुने यो चलचित्रको ट्रेलरमा नायक निश्चल बस्नेत र आशिफ शाहबिचको मित्रता र २ रुपैयाँले जीवनमा ल्याउने अनेकौ उचारचढावलाई देखाइएको छ । ट्रेलरमा एक्सन, कमेडी, रोमान्स सबै पक्षलाई देखाउने प्रयास गरिएको छ । फिल्ममा निश्चलले ‘जुरेली’ र अशिफले ‘दाह्री’को भूमिका निर्वाह गरेका छन् ।

यसअघि यो चलचित्रका ‘कुटुमा कुटु’ र ‘टल्क्यो जवानी’ बोलका रिलीज भएका थिए । दुबै गीत हिट भईसकेका छन् । ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यो फिल्ममा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । चलचित्रलाई असिम शाहले निर्देशन गरेका हुन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu